काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय साँझ ५ बजेसम्म थप गरिएको छ।

यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदानको समय दुई घण्टा बढाइएको हो। मतदान गर्न लामो समय लाग्ने र मतदान केन्द्रमा प्रतिनिधिहरूको लाइन बढेपछि समय थप गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा ७ हजार ३१७ महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य चयनका लागि २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com