काठमाडौं । काठमाडौँ उपत्यकामा आगामी आइतबारदेखि जुनसुकै ब्रान्डका खाली ग्यास सिलिन्डर साटेर एलपी ग्यास लिन पाइने भएको छ। नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्ताको सहजताका लागि एक सातासम्म यस्तो व्यवस्था गरेको हो।
सङ्घका अनुसार असोज २५ देखि ३१ गतेसम्म उपत्यकाका छ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिनेछ। सेवा हरेक दिन बिहान ९ः३० देखि अपराह्न ४ः३० बजेसम्म उपलब्ध हुनेछ।
चाडपर्वका बेला फरक ब्रान्डका सिलिन्डर साट्न नपाउँदा उपभोक्ताले समस्या भोगेको गुनासो आएपछि नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा यो व्यवस्था गरिएको सङ्घले जनाएको छ।
ग्यास सिलिन्डर साट्ने स्थान र सम्पर्क नम्बर
१. सिफलचौर, काठमाडौं — ग्यास एन्ड अक्सिजन ट्रेडर्स
उपलब्ध ब्रान्ड : एभरेस्ट र सुगम
सम्पर्क : ९८०१०९१२७७
२. पेप्सीकोला, काठमाडौं
उपलब्ध ब्रान्ड : सगर ग्यास
सम्पर्क : ०१–५१५६२७४
३. बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि, काठमाडौं
उपलब्ध ब्रान्ड : नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी
सम्पर्क : ९८०२९५०४१७
४. सुकेधारा, काठमाडौं
उपलब्ध ब्रान्ड : बाबा र श्री ग्यास
सम्पर्क : ९८५१११३७०४
५. कलङ्की, काठमाडौं
उपलब्ध ब्रान्ड : साईबाबा र श्रीकृष्ण ग्यास
सम्पर्क : ९८५१०६०१९२
६. हरिसिद्धि, ललितपुर
उपलब्ध ब्रान्ड : श्रीराम ग्यास
सम्पर्क : ९८५११३७७३२
सङ्घका अनुसार भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात नियमित भइरहेको छ। गत भदौमा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री वितरण भएको थियो। आपूर्ति सहज रहे पनि चाडपर्वका बेला सिलिन्डर साटफेरमा देखिएको समस्या समाधान गर्न विशेष व्यवस्था गरिएको सङ्घका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया