काठमाडौं । गायक आनन्द कार्कीले गीत गाएको पारिश्रमिक नदिएको आरोप लगाएपछि गायक दुर्गेश थापाले त्यसको खण्डन गर्दै सम्झौतापत्र सार्वजनिक गरेका छन्।

कार्कीले दुर्गेशको गीत ‘दुश्मन हेरेको हेरै’ मा स्वर दिएको र भिडियोमा समेत काम गरेको तर पारिश्रमिक नपाएको आरोप लगाएका थिए। उनले दुर्गेशले अर्को चलचित्रको गीत गाउन लगाएर पनि सम्पर्कविहीन भएको दाबी गरेका थिए।

कार्कीको आरोप सार्वजनिक भएपछि दुर्गेशले सामाजिक सञ्जालमार्फत पारिश्रमिक भुक्तानीसम्बन्धी सम्झौतापत्र सार्वजनिक गरेका हुन्। उक्त पत्रमा कार्कीसहित अन्य गायकले गीत सार्वजनिक हुनुअघि नै सहमतिअनुसार पारिश्रमिक प्राप्त गरिसकेको उल्लेख छ। पत्रमा कार्कीको हस्ताक्षरसमेत देखिन्छ।

सम्झौतापत्रमा २०८१ पुस १५ गते सार्वजनिक भएको ‘दुश्मन हेरेको हेरै’ गीतका सर्जक तथा लगानीकर्ता दुर्गाबहादुर थापा (दुर्गेश थापा) रहेको उल्लेख छ। गीतमा दुर्गेशसहित एलिना चौहान, समीक्षा अधिकारी र आनन्द कार्कीको स्वर समावेश छ।

पत्रमा गीत सार्वजनिक हुनुअघि नै आपसी सहमतिअनुसार पारिश्रमिक प्राप्त गरिसकेको र गीतबाट प्राप्त हुने सम्पूर्ण आर्थिक अधिकार दुर्गेश थापामा रहने उल्लेख गरिएको छ।

कार्कीको आरोप र दुर्गेशले सार्वजनिक गरेको सम्झौतापत्रले यस विषयमा दुई पक्षका भनाइ फरक देखिएका छन्।

प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com