काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हिंसा तथा विध्वंसको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै उनले संक्रमणकालीन न्याय प्रक्रियामा भएको ढिलाइले गत वर्षका हिंसात्मक घटनालाई उचित ठहर्याउन नसक्ने बताए।
ज्ञवालीले द्वन्द्वकालीन घटनाको सत्यतथ्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिए। शान्ति प्रक्रिया सबै राजनीतिक दलको साझा एजेन्डा भएकाले नयाँ सरकारले पनि यसलाई साझा प्रतिबद्धताका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
सरकारको अक्षमता वा राजनीतिक असन्तुष्टिको समाधान आगजनी, तोडफोड र विनाश नभएको उल्लेख गर्दै उनले अयोग्य व्यक्तिलाई कारबाही गर्ने कानुनी विकल्प हुँदाहुँदै हिंसालाई औचित्य दिन नहुने बताए।
प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार













प्रतिक्रिया