काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कानपुरमा बालबालिकाबीचको विवादले उग्र रूप लिएपछि एक युवक गम्भीर घाइते भएका छन् । पारिवारिक झगडाका क्रममा भाउजूले देवरको गुप्तांगमा टोकेको आरोप लागेको छ । घाइते युवकलाई उपचारका क्रममा ५५ टाँका लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटना साजेठी प्रहरी चौकी क्षेत्रको पुरौपुर गाउँको हो । ३७ वर्षीय रजनीशले भतिजालाई कुटपिट गरेको भन्दै उनकी आमा गायत्री आक्रोशित बनेपछि विवाद सुरु भएको बताइएको छ ।
त्यसपछि गायत्री देवरको घर पुगेकी थिइन् । परिवारका सदस्यबीच भनाभन हुँदै हात हालाहाल भएपछि उनले रजनीशलाई भुइँमा लडाएर टोकेको आरोप छ ।
गम्भीर घाइते रजनीशलाई सुरुमा स्थानीय स्वास्थ्य केन्द्र र त्यसपछि कानपुरस्थित हेलेट अस्पताल लगिएको थियो । चिकित्सकले उपचारका क्रममा उनलाई ५५ टाँका लगाएका थिए ।
रजनीशकी श्रीमती सुमनको उजुरीपछि प्रहरीले गायत्रीविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरेको छ । अदालतको आदेशपछि उनलाई जेल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार












प्रतिक्रिया