काठमाडौ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलास्थित मध्यपहाडी लोकमार्गमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सोमबार बिहान खलङ्गाबाट सिम्ली जाँदै गरेको जिप र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक गोविन्द विक र पछाडि सवार काशीराम विक घाइते भएका थिए।
घाइते काशीरामको चौरजहारीस्थित मिसन अस्पतालमा उपचारका क्रममा दिउँसो १:४५ बजे मृत्यु भएको हो। मोटरसाइकल चालक गोविन्दको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले जिप चालक महेश भण्डारीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार













प्रतिक्रिया