काठमाडौं । बैतडीमा कार्यरत एक प्रहरी जवान आफ्नै निवासमा मृत फेला परेका छन्।

दार्चुलाको गाउँपालिका–४ घर भएका भूपेन्द्र राम पार्की मंगलबार साँझ जिल्ला अदालत परिसरभित्र रहेको ब्यारेकको आफ्नै सुत्ने कोठामा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक रायका अनुसार पार्की कोठाको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा मृत फेला परेका थिए।

उनको शव परीक्षणपछि बुधबार आफन्तले बुझेका छन्। घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com