काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिलाई अध्यावधिक गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण आयोगमा अध्यावधिक गरिएको जानकारी दिएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशन गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २० पदाधिकारीसहित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।
नयाँ कार्यसमितिलाई अध्यावधिक गर्न माग गर्दै प्रधानमन्त्री प्रदीप पौडेलले गत कात्तिक १६ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए।
आयोगले उक्त निवेदनका आधारमा महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अध्यावधिक गरेको हो।
प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार













प्रतिक्रिया