काठमाडौं । देशका तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। धनुषा, सिरहा र नवलपरासी पश्चिममा भएका दुर्घटनामा एक बालकसहित तीन जनाले ज्यान गुमाएका हुन्।

धनुषाको कमला नगरपालिका–२ सराबेमा ट्याक्टरले किच्दा १४ वर्षीय जिसान्त कुमार मण्डलको मृत्यु भएको छ। मंगलबार दिउँसो म.प्र.०२–००१ त ३१९९ नम्बरको ट्याक्टर पछाडि सार्ने क्रममा उनी लडेर चक्कामुनि परेका थिए।

गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, सिरहाको गोलबजार नगरपालिका–४ निपनिया टोलमा स्कर्पियोको ठक्करबाट ५० वर्षीय बसन्त महराको मृत्यु भएको छ। मंगलबार साँझ नम्बर नखुलेको स्कर्पियोले साइकलमा सवार महरालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको गोलबजार हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनापछि फरार स्कर्पियो र चालकको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी, नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ बसहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५० वर्षीय निमबहादुर चौधरीको मृत्यु भएको छ। मंगलबार राति लु.प्र.०१–००८ प ८७३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीको देवदह मेडिकल कलेज, भलुहीमा उपचारका क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनामा घाइते भएकी अर्की एक पैदलयात्रीको सोही अस्पतालमा र मोटरसाइकल चालकको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ।

तीनवटै दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com