काठमाडौं । पूर्वशिक्षामन्त्री तथा पूर्वसांसद सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै काठमाडौंको विकास, समृद्धि, सुशासन र रूपान्तरणका लागि आफूले आर्जन गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञता उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन्।

काठमाडौं महानगरपालिकालाई थप व्यवस्थित, समृद्ध र सुशासित बनाउने लक्ष्यसहित मेयर पदमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ। यद्यपि, उनले कुन राजनीतिक दलबाट चुनावी प्रतिस्पर्धामा उत्रिने वा स्वतन्त्र उम्मेदवारका रूपमा अघि बढ्ने भन्नेबारे भने खुलाएकी छैनन्।

‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित। आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्।

श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी थिइन्। पार्टीभित्रको विवादपछि उनले रास्वपा परित्याग गरेकी थिइन्। अब महानगरको नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेसँगै उनको राजनीतिक यात्रा नयाँ मोडमा पुगेको छ।

प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com