काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र बेलारुस पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ का २८ वर्षीय रविन्द्र मगराती पक्राउ परेका छन्।
पाँच जना पीडितबाट ४ लाख २० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो।
उनी काठमाडौं महानगरपालिका-२९ पवित्रनगरबाट पक्राउ परेका हुन्। मगरातीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार













प्रतिक्रिया