काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेको छ। परिषद्को कार्यकारी समितिको बैठकले एन्फालाई लगाइएको प्रशासनिक र आर्थिक प्रतिबन्धसमेत हटाउने निर्णय गरेको हो।

राखेपले बिहीबार पत्राचार गर्दै निर्णयबारे एन्फालाई औपचारिक जानकारी गराएको छ। राखेपका सदस्यसचिव रामचरित्र मेहताले बिहीबार बसेको कार्यकारी समितिको बैठकबाट निलम्बन फुकुवा गर्ने निर्णय भएको पुष्टि गरेका छन्।

यसअघि एन्फाले गत अप्रिल ५ मा आफूहरूमाथि लगाइएको निलम्बन तथा प्रतिबन्ध हटाउन राखेपसमक्ष अनुरोध गरेको थियो। एन्फाको उक्त आग्रह र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) लाई आधार मानेर परिषद्ले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ।

राखेपको निर्णयसँगै एन्फाले भोग्दै आएका प्रशासनिक तथा आर्थिक अवरोध हटेका छन्। परिषद्का अनुसार प्रतिबन्ध फुकुवाको निर्णय पत्र जारी भएको मितिदेखि नै लागू हुनेछ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com