काठमाडौं । काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले अदालतले हिरासतको म्याद थप गरेको पुष्टि गरे।
सापकोटासँगै लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ।
प्रहरीले असोज १४ गते सापकोटालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। सापकोटामाथिको अनुसन्धानका क्रममा भट्ट र श्रेष्ठको नाम जोडिएपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको थियो।
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार













प्रतिक्रिया