काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणलाई मन्त्रिपरिषद्ले औपचारिक स्वीकृति दिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने कार्यतालिका छ। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com