काठमाडौं । सरकारनिकट व्यक्तिहरूबाट भएका गैरकानुनी गतिविधि तथा अनियमितताविरुद्ध जेनजी अगुवाहरूले आज काठमाडौंमा मार्चपास गर्ने भएका छन्।
जेनजी अगुवाहरू मिराज ढुंगाना, तनुजा पाण्डे, माजिद अन्सारी, रवि किरण हमाल, ज्यास्मिन ओझालगायतको समूहले दिउँसो ३ बजे माइतीघर मण्डलाबाट ज्वागलसम्म मार्चपास गर्न लागेको हो।
सरकारसँग निकट सम्बन्ध रहेका व्यक्तिहरूको गैरकानुनी गतिविधि, अनियमितता तथा त्यससँग सम्बन्धित विषयमा खबरदारी गर्ने उद्देश्यले मार्चपास आयोजना गरिएको जेनजी समूहले जनाएको छ।
मार्चपासमार्फत सम्बन्धित घटनाहरूको निष्पक्ष छानबिन, गैरकानुनी गतिविधिमा संलग्नमाथि कानुनी कारबाही तथा जवाफदेहिताको माग उठाउने तयारी छ।
माइतीघरबाट सुरु हुने मार्चपास ज्वागलसम्म पुग्ने कार्यक्रम रहेको छ। प्रदर्शनमा जेनजी अगुवाहरू तथा समर्थकहरूको सहभागिता रहने जनाइएको छ।
प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार












प्रतिक्रिया