काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई स्वागत गर्न विमानस्थलमा उपस्थित भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।
भक्तपुरमा आयोजित राष्ट्रिय जागरण अभियान उद्घाटन गरेर फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारका पछिल्ला गतिविधिले राम्रो सङ्केत नगरेको टिप्पणी गरे।
रुस भ्रमणबाट फर्किने क्रममा आफूलाई स्वागत गर्न विमानस्थलमा लाइन बसेका प्राधिकरणका कर्मचारीलाई पक्राउ गरिएको घटनाबारे प्रतिक्रिया दिँदै प्रचण्डले सरकारले गर्न नहुने काम गरिरहेको बताए।
‘गर्न नहुने नहुने काम सरकारले गरिरहेको छ। यो राम्रो सङ्केत होइन,’ उनले भने।
उनले सरकारमाथि कर्मचारी तथा पत्रकारहरूको अधिकार खोस्न खोजेको आरोपसमेत लगाए।
त्यस्तै, बिचौलियाहरूको मोबाइल फोन घरमै लगेर दुई दिनसम्म राखिएको भन्ने विषय पनि बाहिर आएको उल्लेख गर्दै प्रचण्डले सरकारका यस्ता गतिविधिको परिणाम महँगो पर्न सक्ने चेतावनी दिए।
‘जे काम सरकारले गरिरहेको छ, त्यसको मूल्य सरकारलाई महँगो पर्नेछ,’ उनले भनेका छन्।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार













प्रतिक्रिया