काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार













प्रतिक्रिया