काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
राष्ट्रिय जेन्जी नागरिक अभियानले उनको नियुक्ति कानुनी प्रक्रिया र विधिसम्मत प्रावधानविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको हो ।
नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा उनलाई महत्त्वपूर्ण सार्वजनिक पदमा नियुक्त गरिएको भन्दै अभियानले नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाएको छ ।
रिट निवेदकका रूपमा अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटी रहेका छन् । उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया