काठमाडौं । धादिङको गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मंगलबार (मंसिर ८) बिहान करिब ११ बजे गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। काठमाडौंबाट धादिङको गजुरीतर्फ जाँदै गरेको बा४ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा९८प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका निवासी २८ वर्षीय वरुणप्रसाद भट्टलाई उपचारका लागि बैरेनी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले टिपरसहित त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया