काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका-१ बलभद्रबस्तीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा बेलौरी नगरपालिका-३ पडाउका ३५ वर्षीय राजकुमार रानाको मृत्यु भएको हो। बुधबार सु. प. प्र. ०१-००१ च ५१५२ नम्बरको बोलेरोले से. ३ प २५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका रानालाई धनगढीस्थित माया मेट्रो अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com