काठमाडौं । नेपाली कांग्रेसका नेता कान्छाराम तामाङविरुद्ध परेको चेक अनादरसम्बन्धी मुद्दामा आज जिल्ला अदालत लमजुङमा सुनुवाइ हुने भएको छ।

कान्छाराम तामाङका नामले चिनिने पूर्णबहादुर तामाङसहित दुई जनाविरुद्ध व्यावसायिक कारोबारको रकम भुक्तानी नगरेको र खातामा पर्याप्त मौज्दात नभएको चेक दिएको आरोपमा मुद्दा दर्ता भएको हो।

लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक रेवन श्रेष्ठका तर्फबाट मुद्दा दायर गरिएको हो। पीडित पक्षले पटक–पटक रकम भुक्तानीका लागि ताकेता गर्दा पनि रकम नपाएको भन्दै बिगो असुल र कानुनबमोजिम कारबाहीको माग गरेको छ।

तामाङ नाना जेभीका सञ्चालकसमेत हुन्। उनी कांग्रेसभित्रको असन्तुष्ट समूहमा सक्रिय नेताका रूपमा चिनिन्छन्।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com