काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टीको मूल प्रवाहमा फर्किएर एकताबद्ध हुन आह्वान गरेका छन्।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति अद्यावधिक गरेपछि संस्थापन पक्षका नेताहरूले यस्तो आग्रह गरेका हुन्।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विगतका कमजोरी र मतभेद पार्टीभित्रै समीक्षा गरेर सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन्। महामन्त्री डा. डिला संग्रौलाले पनि तिक्तता बिर्सेर संगठन सुदृढीकरणमा जुट्न बाहिर रहेका नेता–कार्यकर्तालाई आह्वान गरेकी छन्।
अर्का महामन्त्री प्रदीप पौडेलले पार्टी एकताका लागि देउवालाई अभिभावकीय भूमिका दिन आफूहरू तयार रहेको बताएका छन्। तर, गगन थापालाई सभापतिबाट हटाएर देउवालाई पुनः सभापति बनाउन नसकिने उनको भनाइ छ।
यता, देउवा समूहले भने मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने तयारी अघि बढाएको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफ्नो अभियान नरोकिने उक्त समूहले बताउँदै आएको छ।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया