काठमाडौं । इनर्जी ड्रिंक बजारमा आफ्नो उत्पादन विस्तार गर्दै एक्स्ट्रिमले पाँच नयाँ स्वादका पेय पदार्थ सार्वजनिक गरेको छ। उपभोक्ताको बदलिँदो रुचि र स्वादको मागलाई ध्यानमा राखेर कम्पनीले नयाँ स्वाद बजारमा ल्याएको हो।
नयाँ उत्पादनअन्तर्गत ग्रिन एप्पल स्वादको ‘ग्रिन म्यानियाक’, मस्कट अंगुर स्वादको ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा भुइँकटहरको मिश्रित स्वादको ‘ट्रपिकल पञ्च’ रहेका छन्।
त्यस्तै, रास्पबेरी स्वादको ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
नयाँ पाँच स्वाद थपिएसँगै एक्स्ट्रिमका उपभोक्ताले एउटै ब्रान्डअन्तर्गत विभिन्न स्वादका पेय पदार्थ रोज्न पाउने भएका छन्। फरक स्वाद र आकर्षक नामसहितका यी उत्पादनले बजारमा उपभोक्ताको रोजाइ फराकिलो बनाउने कम्पनीको विश्वास छ।
कम्पनीका अनुसार उपभोक्ताको बदलिँदो चाहना र मागअनुसार उत्पादनमा विविधता थप्ने उद्देश्यले नयाँ स्वाद ल्याइएको हो। पाँचवटै नयाँ स्वादका उत्पादनको बिक्री तथा वितरणसमेत सुरु भइसकेको छ।
स्वादमा विविधता थप्दै बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने र उपभोक्ताको बदलिँदो रुचिलाई सम्बोधन गर्ने लक्ष्य कम्पनीले राखेको छ।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया