काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरिएको छ। नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम सातौँ स्थानबाट उक्लिएर तेस्रो स्थानमा पुगेकी छन्।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रममा गौतमलाई तेस्रो स्थानमा राखिएपछि यसअघि सो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन्।
त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा पुगेका छन्।
१७ सदस्यीय मन्त्रिपरिषद्का अन्य सदस्यहरूको मर्यादाक्रम भने यथावत् राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया