काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कामका लागि काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा मंसिर ३ देखि १४ गतेसम्म फरक–फरक दिन विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

निर्धारित तालिकाअनुसार मंसिर ३, ६ र ८ गते बलम्बु तथा थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ। मंसिर ४ गते धोबीखोला–बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र मंसिर ५ गते कालिमाटी तथा बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा बत्ती जानेछ।

त्यस्तै, मंसिर ७ गते कोटेश्वर–इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ९ए क्षेत्रमा, मंसिर ९ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ४ क्षेत्रमा तथा मंसिर १२ गते सोही फिडरअन्तर्गत ईडीटीआर ८ए र ८ क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।

यसैगरी, मंसिर १० र १४ गते धोबीखोला–बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ।

मंसिर ११ गते बलम्बु–थानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म र मंसिर १३ गते थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

प्रतिकूल मौसमका कारण निर्धारित समयतालिका परिवर्तन वा रद्द हुन सक्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ। विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This