काठमाडौं । मलेसिया वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरबाट प्रहरीले दुईवटा ल्यापटप बरामद गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा अर्यालको घरमा छापा मारेर ल्यापटप नियन्त्रणमा लिएको जनाएको छ। उनलाई थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ।

अर्याल तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरको कार्यकालमा श्रमसचिव थिए। सोही समयमा मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क उठाउने निर्णय भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार श्रमिकबाट प्रतिव्यक्ति थप १०० मलेसियन रिंगिटका दरले सात लाखभन्दा बढी व्यक्तिबाट रकम उठाइएको थियो। यसरी संकलित एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रूपमा विदेश पठाइएको आरोप छ।

यस प्रकरणमा मुख्य आरोपी कैलाश खड्कासहित तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका पूर्वसचिव तथा अन्य अधिकारी पक्राउ परिसकेका छन्। प्रहरीले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This