सिरहा । पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीको आरोपमा पक्राउ परेका छन्। करिब २५ वर्षीय उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मिर्चैया नगरपालिका–६ का यादवले सोही ठाउँका गुलाम गौसबाट आमाको उपचार गर्नुपर्ने भन्दै पटक–पटक गरी १३ लाख ७० हजार ७५० रुपैयाँ लिएको आरोप छ। उनले खल्ती एप, बैंकमार्फत रकम पठाउन लगाएर तथा नगद गरी उक्त रकम लिएको भन्दै पीडितले उजुरी दिएका थिए।

रकम फिर्ता माग्दा पटक–पटक आश्वासन दिए पनि नदिएको पीडितको दाबी छ। यादवले अन्य व्यक्तिसँग पनि लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार यादवलाई पाँच दिनअघि पक्राउ गरिएको हो। उनीविरुद्ध म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

यसैबीच, यादवलाई छुटाउन पूर्वमन्त्री मातृका प्रसाद यादवले राजनीतिक दबाब दिएको स्रोतको दाबी छ। यस विषयमा प्रतिक्रिया लिन खोज्दा पूर्वमन्त्री यादव सम्पर्कमा आएनन्।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This