काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८७५ जना सवारीचालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विशेष चेकिङका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९८ जना चालक कारबाहीमा परेका हुन्।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११४, सीसीटीभी फुटेजका आधारमा नियम उल्लंघन गर्ने ३२ र रातो बत्तीको संकेत बेवास्ता गर्ने २४ जना चालक कारबाहीमा परेका छन्।

निषेधित क्षेत्रमा हर्न बजाउने १६, फिटनेस अवस्था ठीक नभएका सवारीसाधन चलाउने २६ तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ५५५ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

सडक अनुशासन कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न विशेष चेकिङलाई निरन्तरता दिइएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com