काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेटमा पार्टीका गतिविधि, संगठनात्मक अवस्था र आसन्न निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ।
आइतबार दिउँसो भएको दुई नेताबीचको एक्लाएक्लै छलफल करिब सवा घण्टा चलेको थियो।
स्रोतका अनुसार ओलीले छलफलका लागि भण्डारीलाई आफ्नो निवास गुण्डुमा बोलाएका थिए। तर, भण्डारीले पार्टी केन्द्रीय कार्यालयमै भेट्ने प्रस्ताव गरेपछि च्यासलमा भेटवार्ता भएको हो।
सक्रिय राजनीतिमा फर्किएपछि वरिष्ठ नेताको हैसियतमा रहेकी भण्डारीले पार्टीका निर्णय र गतिविधिमा चासो राख्दै आएकी छन्। पछिल्लो भेटलाई पनि एमालेभित्रको राजनीतिक गतिविधिका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार














प्रतिक्रिया