काठमाडौं । गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेको अभिव्यक्तिलाई सामान्य मजाक भएको बताएका छन्।

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले उक्त अभिव्यक्तिबारे प्रश्न गरेपछि गुरुङले आफूले मतदातासँग ठट्टा गरेको दाबी गरे।

सञ्चारकर्मीको प्रश्नमा केही आक्रोशित देखिएका उनले भने, ‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’

केही दिनअघि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्दै उनीहरूले उठाएका स्थानीय समस्या तथा गुनासो सुन्ने क्रममा गुरुङले निर्वाचनका बेला आफूले गरेका प्रतिबद्धता पूरा नभएको भन्दै मतदाताले असन्तुष्टि जनाएका थिए।

विशेषगरी निर्वाचनका बेला वाचा गरिएको स्वास्थ्य सामग्री उपलब्ध नभएको भन्दै स्थानीयले गुनासो गरेपछि गुरुङले ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा आलोचना भएको थियो। त्यसबारे स्पष्टीकरण दिँदै गृहमन्त्री गुरुङले आफूले गम्भीर रूपमा नभई मतदातासँग ठट्टाका रूपमा उक्त कुरा गरेको दाबी गरेका हुन्।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com