काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा इतर समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले महाधिवेशन प्रक्रियामा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई अपिल गरेका छन्। शुक्रबार जारी विज्ञप्तिमार्फत उनले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिले अघि बढाएको महाधिवेशनले पार्टीका विभिन्न संरचनामा विभाजन निम्त्याउने दाबी गर्दै त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका हुन्।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा महाधिवेशन अघि बढाउँदा विभाजन थप संस्थागत हुने इतर समूहको दाबी छ। पार्टीभित्र सांगठनिक तथा भावनात्मक एकता आवश्यक रहेको उल्लेख गर्दै कोइराला समूहले आन्तरिक विवादले आगामी स्थानीय तथा प्रदेश सभा सदस्य निर्वाचनमा समेत पार्टीलाई नकारात्मक असर पार्न सक्ने जनाएको छ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com