काठमाडौं । डिभिजन वन कार्यालय सन्धिखर्कले अर्घाखाँचीमा बँदेल, रातो मृग र चित्तलको शिकारका लागि अनुमति लिन इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको छ।
वन्यजन्तुबाट हुने कृषि बाली तथा मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र नियमावली, २०३० अनुसार शिकार अनुमति दिन लागिएको कार्यालयले जनाएको छ।
शिकार गर्न इच्छुक व्यक्तिले तोकिएको शुल्क तिरेर आगामी भदौ १० गतेभित्र कार्यालयमा निवेदन दिनुपर्नेछ। निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अनुमति प्राप्त हतियारको प्रमाणपत्रलगायत आवश्यक कागजात पेश गर्नुपर्नेछ।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया