काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावपछि पुँजीबजारले अपेक्षाअनुसार गति लिन नसकेको बताएका छन्। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पुँजीबजारमा देखिएका समस्या र त्यसका कारण पहिचान गरी तत्काल सुधारका उपायबारे बहस गर्नुपर्ने बताए।
थापाले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले संसदमा पुँजीबजारसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने उल्लेख गरे। साथै, कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजीबजारबारे जानकारी र शिक्षा दिँदै यस विषयमा स्पष्ट र व्यापक दृष्टिकोण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया