काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विपत्ति र चुनौतीका बेला धैर्य र निष्ठाका साथ आफ्नो कर्तव्य पूरा गर्नु नै वास्तविक कर्मयोग भएको बताएका छन्।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीहरूले मानिसको धैर्य तथा कर्मको परीक्षा लिने बताएका हुन्।

उनले यस्तो कठिन परिस्थितिमा पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निर्वाह गर्नु नै भगवान् श्रीकृष्णले सिकाएको वास्तविक कर्मयोग भएको उल्लेख गरेका छन्।

‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्; यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो,’ प्रम शाहले सामाजिक सञ्जालमार्फत भने।

प्रधानमन्त्री शाहले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैलाई कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् भन्दै हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com