काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि १ हजार ३५७ जनाको शव फेला परेको छ। तीमध्ये ९८ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ। अझै ५ हजार ३२६ जना सम्पर्कविहीन रहेका छन्।
उद्धार गरिएकामध्ये ३ हजार ५३३ जना रसुवा, नुवाकोट र धादिङका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको कामलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया