काठमाडौं । बझाङको पानकोट पुलबाट सेती नदीमा फालिएको कुकुर जीवितै फेला परेको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीयवासी र पशुपन्छी अधिकारकर्मीको खोजीमा कुकुर सकुशल भेटिएको हो।
कुकुर फालिएको घटनामा संलग्न रहेको आरोपमा जयपृथ्वी नगरपालिका–३ की ४२ वर्षीया बिमलादेवी रोकायालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया