काठमाडौं । कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्या सुर्खेतमा भएको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आर्थिक वर्ष २०८२/०८३ को अभिलेखमा सवारी दुर्घटनाबाट सुर्खेतमा २४ पुरुष, नौ महिला र चार बालक गरी ३७ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

रुकुमपश्चिममा १२ पुरुष, चार महिला, दुई बालक र चार बालिका गरी २२ तथा सल्यानमा १७ पुरुष, तीन महिला र एक बालक गरी २१ जनाको मृत्यु भएकोे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

त्यस्तै, सल्यानमा १७ पुरुष, तीन महिला र एक बालक गरी २१, कालीकोटमा ११ पुरुष, एक महिला र एक बालिका गरी १३, दैलेखमा आठ पुरुष, तीन महिला र एक बालक गरी १२, जाजरकोटमा सात पुरुष, एक महिला र एक बालक गरी नौ, हुम्लामा पाँच पुरुष, एक महिला, एक बालक र एक बालिका गरी आठ, जुम्लामा तीन पुरुष, एक बालकसहित चार, डोल्पामा छ पुरुष र मुगुमा तीन पुरुषको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरी उपरीक्षक घर्तीले बताए ।

त्यसैगरी, वर्षभरिको सवारी दुर्घटनामा सुर्खेतमा ७१३ पुरुष, ३०० महिला, ११५ बालक र ६७ बालिका गरी जम्मा एक हजार १९५, रुकुमपश्चिममा १४१ पुरुष, ६२ महिला, ३३ बालक र २६ बालिकासहित २६२, सल्यानमा ९७ पुरुष, ५९ महिला, २३ बालक र २३ बालिका गरी २०२, दैलेखमा ११९ पुरुष, ६० महिला, १४ बालक र सात पुरुष गरी २०० जना घाईते भएको उनले बताए ।

त्यस्तै, जाजरकोटमा ५९ पुरुष, ३७ पुरुष, १५ बालक, १५ बालिका गरी १२६, कालीकोटमा ५६ पुरुष, २६ महिला, नौ बालक र पाँच बालिका गरी ९६, जुम्लामा ४५ पुरुष, २१ म्हिला, आठ बालक र दश बालिका गरी ८४, डोल्पामा ३९ पुरुष, नौ महिला, छ बालक र दुई बालिका गरी ५६, हुम्लामा ३३ पुरुष, १७ महिला, दुई बालक र दुई बालिका गरी ५४ र मुगुमा १७ पुरुष, सात महिला, तीन बालक र तीन बालिका गरी ३० जना सवारीमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com