स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनको तयारीमा अहिलेदेखि नै जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आगामी मंसिरलाई सङ्गठन जागरणको महिनाका रूपमा अघि बढाउन आग्रह गरेका छन् ।

स्याङ्जामा आयोजित कार्यकर्ता भेटघाटमा थापाले निर्वाचनमा मतभन्दा पनि जनताको विश्वास पुनःस्थापित गर्नु प्राथमिकता भएको बताए । पार्टीको छवि सुधार्न र जनतासँगको सम्बन्ध बलियो बनाउन प्रत्येक सदस्यले मेहनत गर्नुपर्ने उनको भनाइ थियो ।

थापाका अनुसार पार्टीले आगामी पुस र माघभित्र उम्मेदवारको प्रारम्भिक छनोट गर्नेछ । यसका लागि तल्लो तहबाट डिजिटल प्रणालीमार्फत प्राप्त हुने प्रारम्भिक सूचीका आधारमा उम्मेदवार तय गरिनेछ ।

निर्वाचनको मुखमा मात्रै टिकट खोज्ने प्रवृत्ति अन्त्य गर्दै पार्टी विधानअनुसार उम्मेदवार छनोट प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे । कात्तिक १२ गतेको शपथ ग्रहणपछि बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका आगामी योजनाबारे ठोस निर्णय गर्ने उनले बताए ।

प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com