एनपीएल: जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनायो। कर्णालीका लागि आरिफुल इस्लामले ४ छक्कासहित ४३ रन बनाए भने पवन सर्राफले ३ छक्काको मद्दतमा ३७ रन जोडे।
सुरुवातमै लगातार विकेट गुमाएको कर्णालीलाई आरिफुल र पवनले सम्हाल्ने प्रयास गरेका थिए। जनकपुरका बलरहरूले अनुशासित बलिङ गर्दै कर्णालीलाई ठूलो योगफल बनाउनबाट रोके। अब जनकपुरले जितका लागि १३३ रन बनाउनुपर्नेछ।
प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार











प्रतिक्रिया