काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ। प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो।

प्रहरीका एक उच्च अधिकारीका अनुसार सबै प्रदेशका डीआईजीलाई बिहीबार मध्याह्न १२ देखि साढे १२ बजेसम्म प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा दिउँसो २ बजेका लागि बैठक तय गरिएको छ। बैठकमा समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी संगठनको आन्तरिक व्यवस्थापन र समसामयिक विषयमा छलफल हुने बताइएको छ।

प्रहरी संगठनका नीतिगत तथा महत्त्वपूर्ण विषयमा निर्णय लिने पीसीसी बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com