काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। लामिछाने बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर अर्यालसँग भेट गरेका हुन्।

सभामुखको सचिवालयले लामिछाने र अर्यालबीच भेट भएको पुष्टि गरेको छ। यद्यपि, उनीहरूबीच भएको छलफलको विषय भने खुलेको छैन। सचिवालयका एक सदस्यका अनुसार दुई जनाबीच मात्रै कुराकानी भएकाले भेटको एजेन्डाबारे जानकारी प्राप्त हुन सकेको छैन।

यसअघि बुधबार रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका थिए। प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै सभामुख अर्यालसँग पनि उनको भेटवार्ता भएको हो।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरू र विभिन्न राजनीतिक नेताहरूसँग बिचौलिया इनम सापकोटाको सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। यही विषयले राजनीतिक माहोल तातेका बेला लामिछानेले लगातार प्रधानमन्त्री र सभामुखसँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com