काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको ग प्र ०४–००१ प ००४५ नम्बरको ट्रकले आँखा अस्पतालबाट मनोहरातर्फ जाँदै गरेको बा प्र ०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी तिमिल्सिनाको उपचारका क्रममा निधन भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृतकको साथमा रहेको त्रिभुवन विश्वविद्यालयको परिचयपत्रका आधारमा उनको पहिचान खुलेको हो । दुवै सवारी साधन र ट्रक चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीवृत्त थिमीले नियन्त्रणमा लिएको छ ।

  • रासस

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com