काठमाडौं । काठमाडौंमा जुवाको खालबाट उच्च पदस्थ व्यक्तिहरलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा प्रहरीका हाकिमका आफन्तदेखि गैरआवासीय नेपाली संघमा आवद्ध अभियान्तासमेत रहेका छन्।

advertisement

यस्तै पक्राउ पर्नेमा नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि रहेको बताइएको छ।

सबै गरी जम्मा २२ जनालाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौंको ठूलो भर्‍याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगदसमेत बरामद भएको छ।
हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दबाब आइरहेको बताइएको छ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाइप्रोफाइल भएकैले छाड्न तीव्र दबाब आइरहेको प्रहरी स्रोतले बताएको छ। प्रहरीले हाईप्रोफाइल भनिएकाहरुको विवरण भने खुलाएको छैन।

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com