काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना कर्मचारीलाई अनाहकमा अपमान गरे सहेर नबस्ने चेतावनी दिएका छन् । फोहोर बोक्ने गाडीका चालकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो चेतावनी दिए ।
‘पक्राउ परेका चालकहरूलाई ससम्मान छाडेको खबर पाए । जोकोहीले यत्ति बुझ्नुहोला, पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर, नियम–कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । महानगर यसमा संवेदनशील छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
मेयर बालेनले आफ्नो कर्तव्य निभाइरहेका कुनै कर्मचारीलाई अनाहकमा अपमान गरे महानगरले नसहने भन्दै बुझेर कदम चाल्न केन्द्र सरकारलाई चुनौती दिएका छन् ।
प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार
प्रतिक्रिया