काठमाडौँ । सहकारी ठगीको विषय छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको छ। सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।
मंगलबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यहरुले आ-आफ्नो अडान छाडेनन्। प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राख्यो भने नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको प्रस्तावलाई स्वीकार गरेनन्।
प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार
प्रतिक्रिया