काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोध जनाएको छ।

बुधबार विज्ञप्ति जारी गरी जनमोर्चा अध्यक्ष  चित्रबहादुर केसीले सिरोहियालाई पक्राउ गर्नुलाई सरकारको ‘अधिनायकवादी कार्यशैलीको परिणाम’ भनेका छन्।

‘‍कान्तिपुर प्रकाशन ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाको गिरफ्तारीको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो विरोधमा समाचार सम्प्रेषण गर्ने संचारगृहलाई निशाना बनाउनु सरकारको अधिनायकवादी कार्यशैलीको परिणाम हो।’

सिरोहियालाई  काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ कार्यकक्षबाटै पक्राउ गरेको थियो।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com