काठमाडौँ । नेपाली काँग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसको पार्टी सभापतिदेखि सदस्यसम्मका र उनका परिवारसम्मको छानबिन गर्न तयार रहेको उल्लेख गर्दै नाम नै लेखेर समिति गठन गर्न तयार रहेको बताएका छन्।

उनले भने, ‘काँग्रेसको सांसदमाथि, चलनचल्तीको भाषामा दाजुभाउजूमाथि छानबिन गर्न तयार छ । छानबिन गम्भीर हुनुपर्छ । कुनै राजनीतिक दलले आफ्नो पार्टीको सबै छानबिन गर भनेर अरू कसैले भन्न सक्दैन।’

advertisement

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता घुमाउरो पारामा स्वीकार गरेको पनि दाबी गरेका छन्।

नेविसंघ झापा काठमाडौँ सम्पर्क मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै काँग्रेसले सहकारीको विषयमा व्यक्तिकेन्द्रित मात्रै कुरा नउठाएको उनको स्पष्टोक्ति छ ।

 

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com