काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा पुगेर बिहीबार भेटेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियालाई भेटेर फर्किएपछि निधिले सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले सरकारले गिरफ्तार गरी अनावश्यक दुःख दिएको बताए।
‘काँग्रेसको तर्फबाट, जनकपुरबासीको तर्फबाट म उहाँलाई भेट्न आएको हुँ। उहाँविरुद्ध लगाइएको आरोप निराधार र त्रुटिपूर्ण हो। हामी उहाँको साथमा छौँ। सरकारले तुरुन्त उहाँलाई रिहा गनुपर्छ,’ निधिले भने, ‘सञ्चार क्षेत्रमा उहाँको योगदान छँदैछ। लोकतान्त्रिक आन्दोलनमा पनि उहाँको योगदान छ।’
प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार
प्रतिक्रिया