काठमाडौँ । प्रमुख विपक्षी नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ ।

पार्टीभित्र र विपक्षी दलहरूको बैठकमा सभामुखलाई महाअभियोग लगाउनेबारे छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले बताएका हुन्।

एक कार्यक्रममा भने, ‘सभामुखले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । हाम्रोबीचमा महाअभियोगको बारेमा पनि कुरा उठेको हो । सभामुखको जे भूमिका छ, महाअभियोगको प्रस्ताव दर्ता गरौँ न । हटाउन नसकिएला तर रोक्न त सकिन्छ नि केही समय । लाञ्छित त हुनुपर्ला नि ! त्यो सम्मको पनि कुरा भएको छ हामीबीच । हामी त्यसमा पुगिहालेका छैनौँ । तर, यो खालको अवस्था प्रतिपक्षी दलहरूबीच उठ्नु भनेको कतिसम्मको अवस्था हो त ।’

प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com