काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दीप लामिछानेको भिसा प्रक्रियामा सरकारले उचित पहल नगरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तोआरोप लगाएका हुन्।

महामन्त्री शर्माले विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा नगए पनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा उनी विश्वकप क्रिकेट खेल्नबाट बन्चित हुनुमा सरकार जिम्मेवार रहेको बताए।

‘विगतमा आरोप खेपिरहेको अवस्थामा शिरमा मुद्दा बोकेर  मैदानमा उत्रनु हुँदैनथ्यो। तर, यतिवेला सन्दीप लामिछाने विश्वकपको मैदानमा देशकाे प्रतिनिधित्व गरेर खेलिरहेको हुनुपर्थ्यो,’ उनले भने, ‘अदालतले गरेको फैसला सुसूचित गराएर उनको भिसाका लागि वातावरण बनाउन सरकारले समयमै उचित पहल गर्नुपर्थ्याे। कमजोरी किन भयो, कहाँ भयो ? खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com